देश

युवा व्यवसायी ईश्वरी सुनारको मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०६:०८ बजे

सूरज नेपाली
बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर – ५ बरमकोट निवासी २६ बर्षिय युवक ईश्वरी सुनारको मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा मृ’त्यु भएको छ ।

मृतक इश्वरी सुनार ४ दिन अघि पिक्निक पार्टी मनाएर घर फर्कने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १० – को बिहार बजार नजिकै एक्कासी मोटरसाइकल दुर्घटना हुँदा निजको टाउकोमा गम्भीर चोट लागेको थियो। सुनारलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बुटवलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा उपचारको क्रममा २६ बर्षिय इश्वरीको मृ’त्यु भएको पारिवारिक श्रोतले बताएको छ । मृतक इश्वरी सुनारले सन्धिखर्क २ को चुत्रबेशीमा विगत लामो समय देखि न्यू बाँगी कबिता सुनचाँदी पसल व्यवसाय गर्दै आईरहेका थिए।

कमेन्टहरु