राजनीति

नेतालाई जनताले ‘चोर’ भन्न थालिसके : राजेन्द्र लिङ्देन

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई ‘चोर’ भन्न थालेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै लिङ्देनले यो महिनामा नेताहरूको छवी सुधार होस भनेर कामना गरे ।

“गाउँतिर नेता गयो भने चौतारीमा नेता आउनुभएको छ भनेर गाउँलेलाई खबर हुन्छ । तर, जनताले कुन नेता भनेर सम्झदैनन् । कुन चोर आएछ भन्छन्,” लिङ्देनले भने, “हाम्रा राष्ट्रिय पार्टीहरूका लागि यो महिना महाधिवेशनको महिना भएको छ । यो महिना नेताको छवी सुधार होस् ।”

उनले देश लथालिङ् अवस्थामा पुगेको भन्दै राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले शाख गुमाएको बताए । “सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन,” लिङ्देनले भने, “यो सबै सुधार गर्नुपर्ने राजनीतिक दलले हो । दलको अवस्था पनि राम्रो छैन । दल सुधार्ने नेताले हो । जनताले त्यस्तो नजरले हेर्न थालिसके ।”

कमेन्टहरु