देश

भरुवा बन्दुक र गोलीसहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०३:०८ बजे

धनगढी । कैलालीमा प्रहरीले भरुवा बन्दुक र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से-३ प ७७९२ मोटरसाईकल पछाडी एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ परेको हो ।

शुक्रबार जिल्लाको भजनी नगरपालिका-७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाइ पक्राउ गरेको हो।

त्यस्तै सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से-२ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर एक थान चक्कु, बन्चरो र टर्चलाईट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुलाइ पक्राउ गरेर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

कमेन्टहरु