राजनीति

‘काँग्रेसलाई सम्झाउनु छ’ भन्दै ओली पुगे महाधिवेशनको उद्घाटन सत्रमा

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् ।

उनी एमाले महाधिवेशनको उद्घाटनसत्रमा अलि ढिला सहभागी भएका हुन् । काँग्रेसको उद्घाटन सत्रमा सहभागी हुनुअघि एक कार्यक्रममा बोल्दै ओलीले आफू काँग्रेसलाई सम्झाउन भृकुटीमण्डपमा जान लागेको बताएका थिए ।

नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको ओलीको भनाइ छ । उनले भनेका थिए, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु ।’

कमेन्टहरु