राजनीति

निर्वाचन कार्यालय सिरहामा जनताको माग लिएर पुगे दिलीप लामा

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०२:०८ बजे

विनोद मण्डल
सिरहा । आगामी चुनावलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय सिरहाले चालेको नयाँ मतदाता फारामको लागि धनगढीमाई – १४ का युवा दिलीप लामा निर्वाचन कार्यालय सिरहा पुगेका छन् ।

भौगोलिक रूपमा विकट सिरहाको साविक गाउँविकास समिति बिष्णुपुरकट्टी -३ हाल धनगढीमाई नगरपालिका -१४ को गाउँहरुबाट नगरपालिकाको नैंनपुर अस्पतालसम्म पुगेर मतदाता नामावली फाराम भर्न स्थानिय जनतालाई हुने सास्तीलाई मध्यनजर राख्दै नेता लामा जिल्ला निर्वाचन कार्यालय सिराहा पुगेर जनताको सास्तीलाई कम गर्नको लागि र मतदानबाट हुने बनचितलाई ख्याल गरी सम्बन्धित वडामा गएर फाराम भर्न माग गर्नु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिरहाले जनताको मागलाई लिएर पुगेका दिलिप लामाप्रति सकारात्मक रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

कमेन्टहरु