राजनीति

खेल समृद्धिको ठुलो बाटो हो : नेपाली कांग्रेस पर्वतका युवा नेता परविन गुरुङ

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०१:०८ बजे

अमृत भट्टराई
विहादी, पर्वत । बिहादी गाउँपालिका वडा नम्बर -३ रानिपानी रातामाटामा रहेको परिवर्तनशील युवा क्लबको प्रथम वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम सहित बिहिवार समापन भएको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङ रहनु भएको थियो कार्यक्रममा विशिष्ट अतिथिहरूमा बिहादी गाउपालिका ३ रानिपानीका वडा अध्यक्ष रण बहादुर आले, वडा का जनप्रतिनिधीहरु, पर्वत नेपाली काँग्रेस
जिल्ला सह सचिव तिलक भुसाल, तरूण दल बिहादीका अध्यक्ष नविन गुरूङ लगाएको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङले भने खेलकुद समृद्धिका लागि ठुलो बाटो रहेको बताउनु भएको छ । खेलकुद र खेलाडीले गर्दा आफ्नो ठाउँको बिकास मात्र नभएर देशलाइ नै चिनाउने माध्यम र देशलाई समृद्धिको दिसा तर्फ लैजान सहयोग हुने बताउनु भयो ।

कमेन्टहरु