नेपाल लगायत विभिन्न १७ अन्तर्राष्ट्रिय देशहरूबाट प्रवेश गर्दा सरकारी क्वारेन्टाइन बस्न नपर्ने १४ दिन घरमै क्वारेन्टाइन बसे पुग्ने


जितेश मण्डल
मंसिर २४ / जापान । नेपाल लगायत विभिन्न १७ अन्तर्राष्ट्रिय देशहरूबाट प्रवेश गर्दा सरकारी क्वारेन्टाइन बस्न नपर्ने १४ दिन घरमै क्वारेन्टाइन बसे पुग्ने । जापानले नेपाल लगायत १७ देशबाट जापान प्रवेश गर्दा ३ दिन सरकारी क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था आज मंसिर २४ गते (शुक्रबार) बाट हटाएको छ ।
जापानको विदेश मन्त्रालयले जारी गरेको सुचना अनुसार नेपाल सहित अर्जेन्टिना, युक्रेन, उज्वेकिस्तान, इक्वेडर, केन्या, कोस्टा रिका, कोलम्बिया, सुरिनाम, डोमिनिकन रिपब्लिक, टर्की, हाइटी, पाकिस्तान, फिलिपिन्स, मोरक्को, मंगोलिया र रूसबाट जापान प्रवेश गर्नेहरुले अब ३ दिन सरकारी क्वारेन्टाइन बस्नुपर्ने छैन।
यसअघि ति देशबाट जापान प्रवेश गर्दा भ्याक्सिन नलगाएकाहरु ३ दिन अनिवार्य सरकारी क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरसको सक्रमण नियन्त्रण गर्ने उद्देश्यले नया प्रबेशमा लगाइएको प्रवेश प्रतिबन्ध भने कायमै रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ।






















