खेलकुद

सिरहाको कल्याणपुर नगरपालिकामा ३ दिने कुस्ती जारी

जगत ठाडा मगर
२०७८ मंसिर २४ | बिहान ०९:०८ बजे

महेश सिंह
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित ग्रामीण बजारमा रामजानकी बिवाह पंचमीको अवसर पारेर कुस्तीको आयोजना गरेको छ्। प्रत्येक बर्ष उक्त स्थानमा बिवाह पंचमीको दिन ठुलो मेला लाग्ने गरिन्छ ।

समुदायलाई आकर्षकको लागी जसपा नेपालका नेता तथा प्रदेश कमिटी सदस्य किशोरी यादवले ब्यक्तिगत लगानीमा ग्रामीण बजारमा ठुलो कुस्तीको आयोजना गरेको छ।

सम्बन्धित वडाका वडा अध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने जसपा नेपालका वरिष्ठ नेता प्रदेश कमिटी सदस्य किशोरी यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि यादवले रिवन काटेर कुशस्तीको उदघाटन गरेका थिए।

प्रमुख अतिथि यादवका अनुसार हाम्रो पुर्वहरुले पहिला कुस्ती खेलेर रमाउने गरेका थिए। कुस्ती भनेको जुँगाको लडाइँ पनि हो।अहिले लोप हुँदै गएको पहलमानीको आयोजना गर्दा कुस्ती हेर्न गाउँलेहरुको भिड लाग्ने गरेको छ् ।कुस्ती शारीरिक रूपले शरीरको लागि राम्रो हुने भएकोले लोप हुन् लागेको कुस्ती पुनः ब्यक्तिहरुले कुस्तीमा जोड दिएका प्रमुख अतिथि किशोरी यादवले जानकारी दिनु भयो।

कुशस्ती खेल्न नेपालका बिरगंज, नवलपरासी, भारतको जामुकस्मिर, हरियाना, पंजाव, दिल्ली, बनारस लगायतका ख्याति प्राप्त पहलमानहरुको कुस्ती हुने भएको छ् । मंसिर २३ गतेबाट सुरु भएको कुस्ती मंसिर २६ गते सम्म चल्ने भएको छ् । ख्याती प्राप्त नवलपरासीका कासी पहलमान लगायत सयौं पहलमानहरु कुस्ती कार्यक्रममा सहभागीता रहने भएको छ।

कल्याणपुर नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष अशोक मंडल, वडा नम्बर ८ का अध्यक्ष राजेन्द्र साह ,वडा नम्बर १० का अध्यक्ष धनबिर मंण्डल,वडा नम्बर ११ का अध्यक्ष राजेश्वर यादव स्थानीय युवा चर्चित नेता प्रमेश्वर साहको पहलमानी गराउनमा विशेष जोड रहेको थियोे ।

गाउँपालिकाको चर्चित प्रभावशाली युवा नेता कुशेश्वर साह पजियारको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । उक्त कुस्तीमा प्रथम हुने पहलमानलाई सुनमिसावट भएको हलुमान्जीको गदा र दोश्रो हुने पहलमानलाई आयोजकको निर्णय अनुसार पुस्कार वितरण गर्ने आयोजकले जानकारी दिनु भयो । जसपा पार्टीका वडा नम्बर ६ का जुझारु युवा नेता कुशेश्वर साह पजियार, वडा सदस्य झबु मिया, नेपाली काङ्ग्रेसका युवा नेता तथा गाउँ कमिटीका उपाध्यक्ष अशोक कुमार सिंहले जानकारी दिनु भयो।

कमेन्टहरु