देश

कास्कीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २४ | बिहान ०८:०८ बजे

पोखरा । कास्कीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक पोखरा महानगरपालिका–२६ विजयपुरमा आफैं अनियन्त्रित भई नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षीय भिम बहादुर तामाङ र परिचय नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुष रहेका छन् । दुवै जनाको उपचारको क्रममा आज बिहान करिब ६ बजेतिर अस्पतालमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु