देश

मुगुको चारैवटा स्थानिय तहमा माओबादी केन्द्रको नेतृत्व चयन

जगत ठाडा मगर
२०७८ मंसिर २४ | बिहान ०८:०८ बजे

मुगु । मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ। छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन्।

उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन् । सचिवमा रत्न बढुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएकाे छ।

मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, सोरु गाउँपालिका अध्यक्षमा जयलाल मल्ल र खत्याड गाउँपालिका अध्यक्षमा भरतबहादुर शाही चयन भएका छन् । माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा स्थानीय तहका सम्मेलन अन्तिम चरणमा पुगेका छन्।

कमेन्टहरु