देश

७ बर्षपछि बहुबिबाहका फरार अभियुक्त पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०८:०८ बजे

अर्घाखाँची । अर्घाखाँचीमा बहुविवाहमा फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका १० का ३३ वर्षीय वसन्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई बहुविवाह मुद्दामा अर्घाखाँची जिल्ला अदालतले २०७१ माघ १३ गते ११ महिना ८ दिन कैद तोकेको थियो तर उनी फरार रहेका थिए ।नेपालीलाई नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्टहरु