राजनीति

राष्ट्रपति बिद्यादेबी भण्डारीलाई प्रतिवेदन बुझाउँदै आयोगले भन्यो– दण्डहीनताको अवस्था अझै विद्यमान

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०७:०८ बजे

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले देशमा दण्डहीनताको अवस्था अझै विद्यमान रहेको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले दण्डहीनताको अवस्था कायमै रहेको औँल्याएको हो । सिफारिस कार्यान्वयनमा प्रगति नहुनु, सरकारबाट अपेक्षित सहयोग प्राप्त नहुनु, कानुनी अपर्याप्तता आदि चुनौती यथावत रहेको आयोगले बताएको छ ।

आयोगका चुनौतीलाई सम्बोधन गर्न सरकार एवं सरोकारवालाहरूलाई घच्घच्याइरहेको अध्यक्ष तपबहादुर मगरले बताए । आयोगका अनुसार आर्थिक वर्ष ०७७–७८ मा १८६ उजुरी परेका छन् । पुराना र नयाँ गरी २६१ उजुरीउपर अनुसन्धान सम्पन्न भएका छन् ।

आयोगका अनुसार मानवअधिकारको अवस्था एवं विविध विषयमा २१२ अनुगमन सम्पन्न भएको छ । अनुसन्धान गरिएका उजुरीमाथि १८८ निर्णय भएका छन् ।

कमेन्टहरु