दाङमा दुई लाख नगदसहित ६ जुवाडे पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०४:०८ बजे

दाङ । दाङको घोराही – १३ डुम्मरगाँउबाट दुई लाख नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई स्थानीय वर्ष ३२ का निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका–४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका–३ का ४० वर्षीय कुलबहादुर खड्का र ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । त्यसैगरी वर्ष ४० का राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका – ४ का ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट पाँच बुक ताससहित नगद रु एक लाख ९७ हजार सात सय ५५ रुपैयाँ बरामद गरिएको छ ।






















