कांग्रेस महाधिवेशनसम्बन्धी तीन प्रस्ताव आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पारित


काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदनहरु पारित गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४औं महाधिवेशनसम्बन्धी प्रतिवेदनहरु पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माका अनुसार केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानका तर्फबाट उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पारित छ। यसैगरी, कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको आर्थिक प्रतिवेदन पनि बैठकले पारित गरेको छ।
प्रतिवेदनअनुसार कांग्रेसको कोषमा १० करोड मौज्दात बाँकी रहेको छ। महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका तर्फबाट खड्काले पेस गरेका सांगठनिक प्रतिवेदन पनि बैठकबाट पारित भएको छ।
आजको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन अनुमोदनसम्बन्धी प्रस्ताव पनि पेस भएको प्रवक्ता शर्माले जानकारी दिए। सो प्रस्ताव भने महाधिवेशनबाट पारित हुनुपर्नेछ।






















