ओली अस्वस्थ, आजका भेटघाट कार्यक्रम सबै रद्द

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०१:०८ बजे

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रूखाघोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ।
आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत आफू नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन् । ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट गरेका छैनन्।






















