देश

लुम्बिनी प्रदेश : कुन जिल्लाबाट कति आउँदैछन कांग्रेस महाधिवेशनमा प्रतिनिधि

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०१:०८ बजे

बुटवल । लुम्बिनी प्रदेशबाट काँग्रेसको १४औं महाधिवेशनमा ६८३ प्रतिनिधिले भाग लिने भएका छन् ।

काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३/५३ जना सहभागी हुने निश्चित भएको छ । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ तथा रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुम पूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् । त्यसैगरी दाङबाट ७९ जना, बाँकेबाट पनि ७९ तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू सराबरी रहेको बताइन्छ ।

कमेन्टहरु