देश

भारतीय रक्षाध्यक्ष रावतको निधनमा नेपाली सेनाद्वारा दु:ख व्यक्त

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । भारतीय रक्षाध्यक्ष विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ । बुधबार भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका रावतसहित ११ जना सैनिक र रावत पत्नी मधुलिमका रावतको निधन भएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको तर्फबाट बुधबार नै फोन र पत्रबाट समावेदना व्यक्त गरेका थिए ।
यस्तै, मंसिर २४ गते दिल्लीमा हुने रावतको अन्तिम सम्मान कार्यक्रममा नेपाली सेनाको बलाधिकृत रथी बालकृष्ण कार्की जाने तय भएको नेपाली सेनाले जनाएको छ ।

२०१६ डिसेम्बर ३१ बाट २०१९ डिसेम्बार २१ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहेका जनरल विपित रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मार्च २९ मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित समेत गरेकी थिइन् ।

कमेन्टहरु