महोत्तरीमा सासुको हत्या आरोपमा बुहारी पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०१:०८ बजे

बुटवल । महाेत्तरीमा आफ्नै सासूकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेकी छन् । ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका – ७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वे पक्राउ परेकी हुन् ।
जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झैझगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।






















