देश

रुपन्देहीबाट गैंडाको खागसहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २३ | मध्यान्ह ०१:०८ बजे

रुपन्देही । प्रहरीले रुपन्देहीको बुटवलबाट गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचापका २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।

उनीहरुलाई बुधबार दिउँसो बुटवल उपमहानगरपालिका – ५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खागसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरेको छ ।

कमेन्टहरु