सभापतिको दाबीबाट पछि नहट्ने नेता सिंहको अडान


काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् ।
बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् । पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको बताउदै नेता सिंहले पार्टीलाई विधिअनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेका र दाबीबाट पछि नहट्ने प्रष्ट पारे ।
पाटीलार्ई विधिसम्मत, नियमसम्मत र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको उनले बताए ।
कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन सन्त नेता भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ नगरेको गुनासोसमेत पोखे ।






















