देश

बाजुरामा जीपको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २३ | बिहान ०८:०८ बजे

बाजुरा । बाजुरामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरका २ वर्षीय बालकको जिपको ठक्करबाट मृत्यु भएको हो ।

बुढी नन्दा नगरपालिका – ५ का ४० वर्षीय पेमा थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले ठक्कर दिँदा घाइते भएका २ वर्षीय बालक अंकित रोकायाको कोल्टी स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जिप र चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु