राजनीति

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

जगत ठाडा मगर
२०७८ मंसिर २३ | बिहान ०७:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीयसमिति बैठक आज बिहान ११ बजे बस्दै छ । पार्टीको १४औं महाधिवेशन शुरु हुने अघिल्लो दिन आज (बिहीबार) केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी बिहीबार दिउँसो साढे बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् । नेताहरुका अनुसार महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो । वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुनेछ ।

नयाँ कार्यसमिति चयनका लागि मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन सुरु हुँदै छ । केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

कमेन्टहरु