देश

सखुवान्नकारकट्टीमा रामजानकी विवाह पंचमी मेला : फुलवारी/पतारीलाई चुनौती

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०८:०८ बजे

विसुन देव सरदार
लहान । सिरहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ५ ईटहर्वामा रामजानकी विवाह पंचमी मेला भव्यताका साथ सम्पन्न भएको छ।रामजानकी विवाह पंचमी मेला कमिटी – ईटहर्वाको आयोजनामा एकदिने मेला सम्पन्न गरेको हो ।

मेला कमिटी अध्यक्ष सखुवान्नकारकट्टी गाउँपालिका नेपाली काङ्ग्रेसका युवा नेता राजेन्द्र प्रसाद यादव, सदस्यहरु अशोक यादव, शिवान्नद यादव, रामप्रकाश यादव, विजय यादव, संतोष यादव, रामभक्त यादव, हरिभक्त यादव, मोति रहमान, फकिर हुसेन लगायतका मेला कमिटीहरुको रोहबरमा मेला लागेका थियोे ।

मेलामा विभिन्न किसिमका कार्यक्रमहरु तथा खेलहरुद्वारा मेलामा उपस्थित लाखौं लाख अतिथिहरुलाई मनोरञ्जन दिइएका थियोे । कार्यक्रमहरु जस्तै;- धनुष यज्ञ, रामजानकी विवाह, बैलगाडी दौड(५ किलोमिटर) घोडा दौड, मिथिलाञ्चलका लोकप्रिय’ नाच’ (रात्री) कार्यक्रममा मेला भर्न आएका दर्शक श्रद्धालुहरुलाई मनोरञ्जन दिइएको मेला आयोजक कमिटी अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताएका छन।

कार्यक्रममा बैलगाडी प्रतियोगितामा जम्मा १६ जना सहभागीहरुमध्ये बलानबिहुल वडा नम्बर २ का बैजु यादव(दिघिया) ले प्रथम स्थान ल्याई विजयी भएका छन।
दोस्रो स्थानमा आन्नद कुमार यादव( ईटहर्वा-५), तेस्रो स्थानमा सखुवान्नकारकट्टी-४ सिमरहाका खेरान्नद कुसियैत विजयी गरि जीत हात पारेका छन।

त्यसैगरी घोडा दौड प्रतियोगितामा भुटाई यादव ( झाझपट्टी ) प्रथम भएका छन । भने,दोस्रो स्थानमा देवनारायण यादवले जीत हात पारेका छन।

रामजानकी विवाह पंचमी मेला प्रत्येक वर्ष ईटहर्वा विवाह पञ्चमीका दिन लाग्ने गरेका छन। मेला भर्न नेपाल तथा भारतका विभिन्न ठाउँहरुबाट लाखौंको संङ्ख्यामा मानिस आउने गरेको देखिन्छ । त्यसैले यो एउटा आकर्षकको केन्द्रविन्दु बन्न पुगेको देखिन्छ।यी र यस्ता विशेषता रहित भएकाले फुलवारीपतारी मेलालाई समेत चुनौती दिन लागेको देखिन्छ ।

कमेन्टहरु