माओबादी केन्द्रले भोलि ११ बजे स्थायी समिति बैठक बोलायो

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०८:०८ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ।
प्रदेश सम्मेलनको बारेमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी केन्द्रले २५ मंसिरमा एकैपटक गैरभौगोलिकसहित १० प्रदेशमा सम्मेलन गर्दै छ।






















