नवलपुरमा गैडाको आक्रमणबाट घाईते महत्तोको उपचारको क्रममा मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०७:०८ बजे

कावासोती । पुर्बी नवलपरासीमा गैडाको आक्रमणले एक जनाको मृत्यु भएका छन । मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरजंगका ६५ बर्षिय रेशमलाल महत्तो रहेका छन ।
बुधबार दिउँसो घर नजिककैको जंगलको खुल्ला चौरमा भैंसी चराईरहेको अबस्थामा पछाडीबाट गैडाले आक्रमण गर्दा उनी घाईते भएका थिए । उनलाई स्थानियले घाइते अवस्थामा मध्येबिन्दु जिल्ला आपताल डण्डामा उपचारका लागि पुर्याएको थिए । उपचारको क्रममा उनको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।
उनको शव पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दुमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।






















