कृष्णनगरमा मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न


कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको श्री महेंद्र माध्यमिक विद्यालयमा मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ l
मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति कपिलवस्तु, कृष्णनगर नगरपालिका र माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजनाको सहकार्यमा गरिएको कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथिमा जिल्ला प्रहारी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्यायले गर्नुभयो l लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा विरुद्ध अभियानको १४औँ दिनमा जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि शाहले भन्नुभयो, “सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा मात्र नभएर गाउँ समाजमा हुने विभिन्न लैङ्गिक हिंसा तथा विभेदकरणको अन्त्यका लागि सम्बन्धित् निकायहरुसँग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।” नोभेम्बर २५ देखि डिसेम्बर १० मा सम्पन्न गरिने यो महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रमलाई लक्षित गर्दै महिला हिंसा न्युनिकरण गर्नेका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम हुदै आएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, मानअधिकारीकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थी, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन माइती नेपालका कपिलवस्तु र रूपन्देही जिल्ला संयोजक माया क्षेत्रीले गर्नुभयो l कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी हाम्रो सम्मान परियोजनाका कपिलवस्तु र रूपन्देही जिल्ला फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले जानकारी दिएका छन् l






















