देश

सिरहाको पशुपती आदर्श माध्यमिक विद्यालयले स्थानीय व्यापारीहरुबाट करोडौंको ब्रहमलुट

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०५:०८ बजे

विनोद मण्डल
सिरहा, मंसिर २२ । सिरहाको लहानमा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयले वर्षौँदेखी स्थानिय व्यापारीहरुबाट स्टल बनाई दिने भनी करोडौं रुपैयाँ लुट्दै आएको छ ।

पशुपति आदर्श माध्यमिक विद्यालयका तत्कालीन ब्यबस्थापन समितिका अध्यक्षद्धय तथा सांसद पदम नारायण चौधरी र प्रदेश सांसद लगन लाल चौधरीको पालामा तत्कालीन प्रधानाध्यापक परमेश्वर राय र महेन्द्र चौधरीले करिब ९ वर्ष अगाडि स्टल बुकिङका लागि अग्रिम भुक्तानी वापत प्रती व्यापारीबाट रु ४ देखि ६ लाखको दरले २ करोड रकम बुझेका थिए ।

विद्यालय प्रशासनले करिब ३७ व्यापारीहरुबाट स्टल बुकिङ गर्ने गराउने भनी करोडौं रकम असुलेको थियो । यसरी विद्यालयले लिएको अग्रिम भुक्तानी वापतको स्टल निर्माण नभएकाले बाध्य भएर आफूहरु आन्दोलित हुनुपरेको घर जग्गा भाडा उपभोक्ता समितिका संयोजक व्यापारी प्रमोद दासले जानकारी दिए ।

लहानको बजार क्षेत्रमा रहेको विद्यालयको सटर भाडामा लिएर स्थानीय व्यापारीहरुले व्यापार संचालन गर्नका लागि रकम जम्मा गरेपनि लामो समयसम्म व्यापारीहरुलाई रणभुलमा पारेपछि आक्रोशित हुनु स्वाभाविक हो । उनीहरुले पटक पटक विद्यालय प्रशासनलाई आफ्ना समस्याका बारेमा जानकारी गराउँदा पनि सुनुवाई नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको व्यापारीहरुको भनाइ छ ।

कमेन्टहरु