देश

कञ्चनपुरमा भान्साकोठा र गोठमा आगलागी, १० लाख बराबरको क्षति

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०४:०८ बजे

कञ्चनपुर । कञ्चनपुरमा २ ओटा भान्साकोठा र एउटा गोठमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

कृष्णपुर नगरपालिका–६ मेलडाँडाका खगेन्द्र खड्का र तेज बहादुर खड्काको सँगै जोडिएको भान्साकोठा र गाई गोठमा मंगलबार राती खाना पकाउने चुलोबाट आगो सल्किदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट दुवै जनाको गोठ तथा भान्सा कोठाभित्र रहेको भाडावर्तन, काठपात, अन्नपात, लत्ताकपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएका थियो ।

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ । आगलागीको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु