भारतीय उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इन्डियन एयर फोर्सले ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतकी श्रीमतीसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।






















