राजनीति

महामन्त्रीमा उठे कार्यकर्ताबाट जिताउने आश्वासन पाएको छु : गृहमन्त्री खाँण

जगत ठाडा मगर
२०७८ मंसिर २२ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आफूलाई कार्यकर्ताहरुले महामन्त्रीमा उठ्न आग्रह गरेको दाबी गरेका छन् । उनले महामन्त्रीमा उम्मेदवारी दिए कार्यकर्ताबाट जिताउने आश्वासन पाएको बताएका हुन् ।

‘देशभरिका साथीहरूले महामन्त्रीमा उठ्नुहोस्, हामी जिताउँछौं भन्नुभएको छ ।’ उनले भने, ‘ताप्लेजुङदेखि कञ्चनपुरसम्मका साथीहरूको चाहना त्यही छ ।’ खाँणले सभापति शेरबहादुर देउवा र अन्य नेताहरूले छलफल गरेर कसले कुन पदमा उठ्ने भन्ने तय हुने जनाएका छन् । उनले राष्ट्रियसभा निर्वाचनको प्रणालीलाई कांग्रेसले लागू गर्नुपर्ने धारणा राखेका छन् ।

आफूले केन्द्रीय समिति बैठकमा राखेको प्रस्ताव सुनाउदै उनले भने, ‘नेतृत्व चयनको चुनावमा सबैभन्दा बढी मत ल्याउने सभापति, दोस्रो मत ल्याउने उपसभापति, तेस्रो मत ल्याउने महामन्त्री र चौथो मत ल्याउने सहमहामन्त्री बन्ने प्रणाली लागू गर्न सक्छौं । त्यसो भयो भने पार्टीमा कसैले पनि गुट बनाउनै पर्दैन ।’

गुटका कारणले योग्य र सक्षम मान्छे पछि पर्ने उनको भनाई छ । उनले भने, ‘जो गुटलाई बलियोसँग चलाएको छ, त्यो अगाडि आउने परिपाटी हट्न सक्दैन । पार्टीमा अहिलेको अवस्था यस्तो छ कि अरू पार्टीसँग प्रतिस्पर्धाको कुरा बेग्लै हो। पार्टीमा गुट चलाउँदा भने तीव्र ध्रुवीकरण हुन्छ ।’

मन्त्री खाँणले कांग्रेसमा पार्टी र सरकारको नेतृत्व फरक फरक भएका बेला पार्टी र सरकार दुवैमा संकट आउने बताएका छन् ।

कमेन्टहरु