देश

आजकाे माैसम : कहाँ कस्ताे छ ?

जगत ठाडा मगर
२०७८ मंसिर २२ | बिहान ०७:०८ बजे

काठमाडौ । प्रदेश १ मा बाहेक देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ मा भने आंशिकदेखि सामान्य बदली भएर पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

आज राति प्रदेश १ र २ का भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कमेन्टहरु