देश

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरीय आप्रवासी हकहित मञ्च पुर्नगठन

जगत ठाडा मगर
२०७८ मंसिर २२ | बिहान ०७:०८ बजे

रामु भुसाल,
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन भएको छ ।

मञ्चका नगर अध्यक्ष अनिल गुरुङ्गको अध्यक्षतामा तथा मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको प्रमुख आतिथ्यतामा र हेल्भटासका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत जिआउल हक मनीहारको बिशेष आतिथ्यतामा मंलगबार बर्दघाटमा सम्पन्न आप्रवासी परिवारको भेलाले बर्दघाट नगरपालिकामा पालिका स्तरीय आप्रवासी हकहित मञ्च पुर्नगठन गरेको हो ।

भेलाले पुन: अनिल गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय मञ्चको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा बल बहादुर थापा मगर, सचिबमा सुदर्शन रिजाल, कोषाध्यक्षमा कमला ढकाल, सहसचिबमा तारा प्रसाद ढकाल (बि.पि.) र सदस्यहरुमा बिनोद चौधरी, यादव अर्याल, दुर्गा भुसाल, राजन अधिकारी, शान्ती सापकोटा, ज्ञानेन्द्र प्रसाद चौधरी सर्वसहमती चयन हुनु भएको छ ।

सो अवसरमा कार्यक्रमका बिशेष अतिथि सामि परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र परियोजनाका मनोसमाजिक सुपरभाइजर विनय मर्हजन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका जिल्ला सचिब रामु भुसालले गरेका थिए । सो अवसरमा बैदेशिक रोजगारबाट प्रभाबित परिवारका बाल–बालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले एक रुपैया अभियान समेत सञ्चालन गरिएको र सो अभियानबाट तीन हजार संकलन भएको थियो ।

मञ्चले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवशको अवसरमा जिल्लामा विविध कार्यक्रम गरी सप्ताहा ब्यापी रुपमा मनाइने बताएको छ ।

कमेन्टहरु