राजनीति

साझा उम्मेदवार तय गर्न पौडेल समूहलाई कार्यकर्ताको दबाव

जगत ठाडा मगर
२०७८ मंसिर २१ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई साझा उम्मेदवार तय गर्न कार्यकर्ताले दबाब दिएका छन् ।

मंगलबार चाक्सीबारीमा सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन् । नेताहरु छलफलमा रहेका बेला महाधिवेशन प्रतिनिधिको एक समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

उनीहरुले “साझा उम्मेदवारको विकल्प छैन, एकतामात्रै जितको आधार हो, नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्, अहिले नमिले कहिले मिल्ने” आदि लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कमेन्टहरु