राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक जर्मन पार्टी प्यालेसमा

जगत ठाडा मगर
२०७८ मंसिर २१ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यहि मंसिर २५ र २६ गते बस्ने भनिएको बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्न लागेका हुन् । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो ।

महाधिवेशन अघिसम्म एमालेको केन्द्रीय कमिटीलगायतका बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटीको संख्या बढेर ३०१ पुगेपछि च्यासलमा नअट्ने भएकाले बैठक भक्तपुरमा बस्न लागेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन हुनेछ ।

कमेन्टहरु