स्थानीय तहका १६१३ कर्मचारीको सरुवा (सूचीसहित)

जगत ठाडा मगर
२०७८ मंसिर २१ | मध्यान्ह ०३:०८ बजे

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको काज सरुवा गरेको छ ।
मन्त्रालयले गरेको सोमबारको निर्णय अनुसार मंगलबार ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो । अन्तर स्थानीय तहमा कामकाजका लागि खटाउन निवेदन पेस गर्ने ५७ जना कर्मचारीको भने निवेदन रद्द गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको थियो ।
हेर्नुहोस सूची






















