Opens in a new tab

समाज

सिरहामा ३०औं लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान जारी

जगत ठाडा मगर
२०७८ मंसिर २१ | मध्यान्ह ०१:०८ बजे

महेश सिंह
सिरहा । लैङ्गिक हिंसा विरुद्धमा १६ दिने अभियान सिरहामा सुरु भएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने आसमान नेपाल सिरहा माडरले लैङ्गिक हिंसा विरुद्धको अवसर पारेर १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियान सुरु गरेको छहो ।

घर बाट सुरु गरौं महिला हिँसा अन्त्य गरौं भन्ने मुल नाराको साथ बजार क्षेत्रमा परिक्रमा गरेर अभियान शुरु गरेको थियो।

उक्त कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कण्डेल लगायत जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका दर्जनौं महिला पुलिस र अधिकारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको स्थानीय मानव अधिकारकर्मी रोशन यादवले जानकारी दिनुभयो।

कमेन्टहरु