बालकोटमा १२ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २१ | मध्यान्ह ०१:०८ बजे

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएका छन् ।
उनलाई स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षीय किशोरले बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोक बहादुर जिसीले जानकारी दिए । बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरीका १७ वर्षीय किशोरलाई पक्राउ गरेका हुन् ।
बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएका बेला अन्य बालबालिकाहरु खेलेर घर हिँडेपछि किशोरले गहुँबारीमा लगेर उनलाई बलात्कार गरेका थिए । आइतबार साढे ७ बजेतिर बलात्कारपछि उनी भागेका थिए । उनलाई प्रहरीले सोमबार टिकाथलीबाट पक्राउ गरेको हो ।
घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको जनाएको छ ।






















