देश

वाणिज्य विभागको निर्देशनमा नक्कली कस्मेटिक सामग्री र स्यानिटाइजर नष्ट

जगत ठाडा मगर
२०७८ मंसिर २१ | बिहान ११:०८ बजे

काठमाडौं । वाणिज्य विभागले ६ लाख २९ हजार मूल्य बराबरको नक्कली कस्मेटिक सामग्री र ह्याण्ड स्यानिटाइजर नष्ट गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका – २ सानोभर्‍याङको एक उद्योगमा बरामद गरिएको ती वस्तु विभागले सोमबार डोजर लगाएर नष्ट गरिएको हो ।

विभागका अनुसार श्रीनाथ हर्बल्स एण्ड कस्मेटिक नामक उद्योगले विभिन्न ब्राण्डका सौन्दर्य सामग्री र स्यानिटाइजर अवैध रुपमा उत्पादन गरेर बिक्री गर्दै आइरहेको थियो । गत जेठमा गरिएको अनुगमनमा निरीक्षण अधिकृत गिरीराज मिश्रको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको थियो । तीन लाख रुपैयाँ जरिवानासहित सिल गरिएको उक्त उद्योग सञ्चालकले जरिवाना रुकम तिर्न ढिलाई गर्दा सामान नष्ट गर्न रोकिएको विभागले जनाएको छ ।

सोमबार स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र विभागका अधिकृतको रोहबरमा प्रयोग अयोग्य बनाएर ति वस्तुहरु डोजरको सहायतामा फोहोरमैला संगै पठाइएको विभागले जनाएको छ ।

कमेन्टहरु