महोत्तरीमा एक पुरुषको शव फेला

जगत ठाडा मगर
२०७८ मंसिर २१ | बिहान ११:०८ बजे

महोत्तरी । महोत्तरीमा एक जनाको पुरुषको शव फेला परेका छ । जलेश्वर नगरपालिका वडा नम्बर ७ अन्कारका रामश्रृष्ठ यादवको शव फेला परेको हो ।
जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ५ स्थित गेना बथनाहामा रहेको पोखरी छेउमा अन्दाजी ४२ वर्षीय यादवको शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने आचार्यले जानकारी दिए ।






















