Opens in a new tab

समाज

पालिकाको सहयोग बिना नवलपरासीमा महिला हिंसा बिरुद्ध द कन्टेन्ट नेपालद्वारा कचहरी नाटक सम्पन्न

जगत ठाडा मगर
२०७८ मंसिर २१ | बिहान ०८:०८ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा समाजमा घटिरहेको घटनालाई लक्षित गरि तयार गरिएको १५ दिने अभिनय कार्यशाला पुर्ण रुपमा तयार गरेर हरेक पालिकामा नाटकको रुपमा प्रस्तुत गरि समाज रुपान्तरण गर्ने उदेश्यले अभिनय कर्मीहरुले कचहरी नाटक सम्पन्न गरेको छ ।

द कन्टेन्ट नेपालद्वारा पालिकाहरुको सहयोग बिना नै आफ्नो कलाद्वारा समाजमा भएको महिला हिंसा विरुद्ध नाट्क प्रस्तुत गरेको हो । पालिकाहरुमा प्रपोजलमा महिला हिंसा बिरुद्ध नाटक तथा कचहरी गरेर समाजमा रुपान्तरण गर्ने उदेश्य राखेर पेस गरेको फाईल रामग्राम नगरपालिका, सरावल बडा कार्यलयबाट स्विकार नगरेपनि १५ दिने अभिनय कार्यशाला पश्चात् पालिकाहरुमा कचहरी नाटक प्रस्तुत गरि सम्पन्न गरेको थियो ।

पालिका र वडाले यस बिषयमा बजेट नरहेकोले सहयोग गर्न नसकेको बताएका थिए । तै पनि द कन्टेन्ट नेपालको आयोजनामा आज लैङ्गिक तथा महिला हिंसाबिरुद्ध सडक नाटक, कचहरी नाटक सम्पन्न गरेको छ ।

द कन्टेन्ट नेपालको आयोजनामा पाल्हिनन्दन गाँवपालिका – २ सुगौली, बर्दघाट, भटवलियामा महिला हिंसा बिरुद्ध कचहरी नाटक सम्पन्न गरिएको छ ।

कमेन्टहरु