देश

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह ०४:०८ बजे

तनहुँ । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला पाल्पा रामपुर–७ का १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए । घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् । रासस

कमेन्टहरु