देश

पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जना कोभिड संक्रमित थपिएका छन् । आठ हजार ६१७ जनाको नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रन देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

त्यस्तै आज ३५७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु