देश

प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह ०४:०८ बजे

काठमाडौ । प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा अटोमा सवार दुई जनाको ज्यान गएको छ । आज दिउँसो चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका ५ स्थित चकचके –चेरनेटा सडकखण्डमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ वर्षीया अमृत थापा र उनका ४ वर्षीया छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिएको हो । दुर्घटनामा अटोमा सवार प्युठान नगरपालिका – ३ का वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा, १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु