शिक्षा

खच्किएकाे शिक्षाकाे केन्द्र श्री कालिञ्चाेक माध्यमिक बिद्यालय, वास्तविकता बुझाउनकाे सट्टा गैर जिम्मेवार बने अध्यक्ष

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह ०२:०८ बजे

दोलखा । नेपालको शिक्षा क्षेत्रमा भएको अनियमितता र राजनैतिक घुसपैठको पराकाष्ट चुलिएको सर्वबिबित नै छ । यसैको एउटा नमुना बन्न पुगेको छ बिगु गाउँपालिका – ८ स्थित श्री आलिन्चोक माध्यमिक बिद्यालय ।

एकै हातको औँलाहरु त समान हुन्न तर यो प्राकृतिक नियम हो भने बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि समान स्मरण शक्ति भएका हुन्न, यो सत्य स्विकार्न सकिन्छ । तर यो बिद्यालयका बालबालिकामा यति कमजोरि पनि देखियो कि कक्षा ५ मा अध्ययानरत विद्यार्थी आफ्नो नाम, बिद्यालयको नाम भन्न सक्दैन, कक्षा ९ मा अध्ययनरत विद्यार्थीले आफुलाई पढाउने शिक्षकको नाम भन्न सक्दैन अब तपाईं अनुमान लगाउनु होस कि शिक्षा क्षेत्रमा सरकारको लगानि हावामा मुक्का बर्सायको भन्दा फरक नपर्ला ।

सो स्कुलमा मिडियाकर्मीहरु पुग्दा गेटमा ताला बन्द थियो, केही अबिभावकहरुको गुनासो थियो, पढाइमा समस्या छ, बालबच्चाहरुको भबिस्य बिग्रियो, हामिले भन्यौ बिद्यालय तपाईंको बच्चालाई पढ्न सिकाउने स्थल हो तर अबिभावकको भुमिका बिना स्कुलले मात्र बिद्यार्थीलाई सक्षम गराउन असम्भव छ ।

हामी सहप्राध्यापकको अनुमति सहित भित्र पसेपछि थाहा भयो प्रधानाध्यपक केही दिन देखि स्कुलमा अनुपस्थित रहेछन् भने केही शिक्षिका पनि अन्य समस्याले छुट्टिमा थिए । यत्ती कि यो समाचार तयार पार्दा सम्म प्राध्यापक सुन्दर पाण्डे हाम्रो सम्पर्कमा आएन ।स्कुलको शिक्षा गुणस्तर र अघिल्ला दिनहरुको शिक्षाकै समिक्षाको क्रममा पालिका अध्यक्ष युधिष्ठिर खड्का , स्कुल ब्यबस्थापन समिति अध्यक्ष बिकाश थामी सहितको एक टिम मिडियाको सम्पर्कमा आए तर, प्रस्तुत हुने शैली भने फरक थियो । कि मिडियाकर्मीहरु उनिहरुलाई बिना जानकारी स्कुल प्रबेश गरे । यत्ति कि मिडियालाई दृश्य खिच्न समेत दिइएनन । के बिद्यालयको बिषयमा भुझ्नका लागी पालिकामा अनुमती लिना जरुरी हुन्छ र ?

लुकिछिपि कैद भिडियोमा स्कुलको शिक्षा गुणस्तर साच्चिनै हामीले चाहे जति सुधार गर्न सकिएको छैन तर पुरै खराव भने छैन, शिक्षक दरबन्दी अपुग र दुर्गम क्षेत्र भएका कारण शिक्षकहरु आउन नचाहेको बताउथे पालिका अध्यक्ष युधिष्ठिर खड्का ।

हाम्रो स्कुलमा कुनै त्यस्तो समस्या छैन । हावाको भरमा कसैको सुराकीको भरमा बिद्यालय भित्र छिरेको आरोप समेत लगाउन भ्याएका स्कुल ब्यबवस्थापन समिति अध्यक्ष्य बिकाश थामी पत्रकारको कुनै जिज्ञासाको जवाफै नदिई गैर जिम्मेवारीको भुमिकामा आफू र पालिका अध्यक्ष सहित हलबाट बाहिरए । यसबाट पनि केही बुझ्न सकिन्थ्यो की दालमे कुछ काला हे । पालिकाका जिम्मेवार जनप्रतिनिधी भएर त्यसरी पत्रकारकाे जवाफ दिन नसकी हिड्दा भुमिका असल हाेला त ?

के रहेछ त साच्चिनै पालिका शिक्षा बिभागले शिक्षकको दरबन्दी नदिएकै कारण बिद्यालयमा शिक्षाको गुणस्तर खच्किएको हो त ? पत्रकारको प्रश्नमा पालिका शिक्षा बिभाग प्रा.स. नवराज बस्नेत भन्छन् अरु बिद्यालयहरुको तुलनामा बिद्यार्थी संख्या उल्लेख (४२३) जना भएको कारण आधारभुत तहलाई चाहिने दरबन्दी भन्दा दुई वटा दरबन्दी बढी दिएका छौँ तर उहाँहरुले तिनै आधारभुत लेवलका शिक्षकहरुलाई नै नौ कक्षा सम्म पढाउन लगाएका छन भने, संघिय, स्थानिय तथा अन्य श्रोतबाट आर्थिक संकलन गरी अन्य शिक्षकलाई तलब दिएर कक्षा ९ सम्म संचालन गरेका हुन् । प्रष्ट हुनुस कि हामीले कक्षा ७ सम्मका लागि भने दरबन्दी र शिक्षक दिएका छौँ।

केही अबिभावकको गुनासो छ । राजनितिक नियुक्तिबाट शिक्षक ल्याइएको हुनाले गुणस्तरिय शिक्षक नहुदा बिद्यार्थीको भविस्य बिग्रियो भन्छ नि भन्ने प्रश्नमा बस्नेत भन्छन्, अहिलेको अवस्थामा राजनितिमा आस्था नराख्ने ब्यक्तिहरु त भलै कम होला तर पनि यस स्कुलको बारेमा भने खासै कोहि पनि पार्टीकै सदस्य रहेको नहोला, तर बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष भने एमाले सम्बद्ध जिल्ला स्तरिय हुन सक्छ ।

हो, बिद्यालय बिद्यालय जस्तो होस र शिक्षक शिक्षकको स्थानमा रहोस तर राजनितिक पावरबाट निर्देशित भने कोहि हुनु हुन्न किन भने बिद्यालय शिक्षा आर्जनको केन्द्र बन्नु पर्छ राजनिति भर्ति केन्द्र बन्नु हुन्न।

यस बिद्यालयको शिक्षाको बिषयलाई लिएर हामीले उक्त क्षेत्रका माननीय संसद पार्वत गुरुङ संग पनि केही जिज्ञासा राख्योैँ, हामी सचेत नागरिक र सक्रिय राजनितिकबाट समाजमा भएका बिकृती बिसंगतिलाई हटाउदै राम्रालाई सहयोग र बिकृतिनै भए त्यस्ताको बिरुद्दमा लागि रहने, जुन बिद्यालयको बिषयलाई दिएर संबन्धित निकाय सँग पनि छलफल गरि बिद्यालयलाई शिक्षाको केन्द्र बनाउने बाटोमा छौँ गुरुङ बताउछन् ।

कमेन्टहरु