देश

नेपालमा पनि भेटियो `ओमिक्रोन´

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह ०२:०८ बजे

काठमाडौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

नोभेम्बरको चौथो साता बोत्स्वाना र दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ । ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसको संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ । अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन् ।

छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन् ।

कमेन्टहरु