देश

लहान बसपार्कमा अबैध रुपमा रकम असुली, सरोकारवाला निकाय मौन

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह १२:०८ बजे

सिरहा । सिरहाको लहान नगरपालिका – १ स्थित संचालनमा रहेको बसपार्कमा अवैध रकम असुली गरेको तथ्य फेला परेको छ । स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले वार्षिक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन् ।

लहान नगरपालिकाले बिचौलियाको काम गर्दै पैसा उठाउने गरेको छ । स्थानीय पपु सिंहले बाध्य भएर पैसा उठाउदै आएका छन् । लहान नगरपालिकाले पुर्ण रूपमा बदमासी गर्दै आइरहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ । काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाएका थिए । यसमा ठेकेदार पपु सिंहको कुनै दोष देखिएको छैन ।

समाजसेवी तथा नेपाली कांग्रेस सिरहा क्षेत्र नं – १ का सभापति महेश चौधरीको नेतृत्वमा खटिएका टोलीले निरीक्षण गर्दा नगरपालिकाबाट परिचालित केहि कर्मचारी र प्रतिनिधिहरुले बसपार्क अगाडि पुर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने छोटो तथा लामो दुरीका सवारी साधनबाट मनपर्दी र जबर्जस्ति अवैध तरिकाले गाडीवालाहरुसँग पैसा असुली गर्ने गरेको तथ्य फेला परेको छ ।

नेता चौधरीका अनुसार आफू खुशी बसपार्कमा सवारी छिराएमा बसपार्कको चार्ज १०० र बाहिरको गाडीलाई ५० रुपैयाँ लिने गरेको छ । गाडी बसपार्क भित्र छिराएमा चार्ज लिदा आफ्नो कुनै आपत्ति नरहेको तर राजमार्गमा हिडेका सवारीवालाहरुसँग पैसा उठाउनु सरासर गल्ती रहेको नेता चौधरीको भनाइ छ । अर्कातिर दुर्घटनाको जोखिम समेत देखिएको छ ।

कमेन्टहरु