कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने देउवाको घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर २० | मध्यान्ह १२:०८ बजे

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्तालाई बोलाउने र सकेसम्म कमलाई बोलाउने प्रयास गरेको देउवाको भनाई छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट केही पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।
उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए । उनले पत्रकारहरुसँग भने “यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।” कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।






















