खेलकुद

जेनोआमाथि जित निकाल्दै युभेन्टस पाँचौं स्थानमा उक्लियो

जगत ठाडा मगर
२०७८ मंसिर २० | बिहान ०८:०८ बजे

काठमाडौ । इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्टस विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले जेनोआलाई २–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा नवौं मिनेटमा जु कुआड्राडो र ८२ औं मिनेटमा पाउलो डिबालाले गोल गरेका हुन् ।

आठौं जित निकाल्दै युभेन्ट्स पाँचौं स्थानमा उक्लिएको छ । युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौँ स्थानमा पुगेको हो । पराजित जेनोआ १० अंक जोडेर १८औं स्थानमा रहेको छ ।

कमेन्टहरु