देश

काँग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह पुन निर्वाचित

जगत ठाडा मगर
२०७८ मंसिर २० | बिहान ०७:०८ बजे

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुन निर्वाचित भएका छन् ।

सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन् । पुनका प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका थिए ।

शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बनेका हुन् । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन् ।

कमेन्टहरु