एमालेको उपाध्यक्षमा विष्णु पौडेलको उम्मेदवारी दर्ता

जगत ठाडा मगर
२०७८ मंसिर १३ | बिहान ०९:०८ बजे

काठमाडौ । नेकपा एमालेका नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा नै उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालको उम्मेदवारी परेको छ । ओलीले घनश्याम भुसाललाई पदाधिकारीको सूचीमा नराखे पनि उनले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै पदाधिकारीको सूचीमा नपरेका अर्का नेता भिम आचार्यले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।






















